काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ ।
मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा एमालेले प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका सदस्य (प्रतिनिधि) लाई दिएको हो ।
सुदूरपश्चिमको बझाङ, कर्णालीको दैलेख र सल्यान, मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नम्बर १ र कोशीमा ओखलढुङ्गा र धनकुटामा विवाद देखिएको थियो ।
सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले कतिपय अन्तर्विरोध देखिएका केहि स्थानमा मिलिसकेको र कतिपयमा आज बेलुकासम्म विवाद मिलिसक्ने बताए ।
नेकपा एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरेर मङ्सिर १५ भित्र छनोट भएका प्रतिनिधिको नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो । तर, केन्द्रको सर्कुलर अनुसार प्रतिनिधिहरूको नाम तोकिएको समयमा केन्द्रमा आइसकेको छैन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend