Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ४ हजार ५ सय ५२ कैदी बन्दी अझै फरार छन्: गृहमन्त्री अर्याल


    मंगलबार, मंसिर १६ २०८२
    345
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५ सय ५२ कैदी बन्दी फरार रहेको बताएका छन् ।

    गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

    उनले कैदी बन्दी अझै फरार रहेको तीमध्ये कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेकोसमेत बताए ।

    कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ । सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै उनले भने, ‘केही थान हतियार र फरार कैदी बन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला’

    कुशासन र बेथितिविरुद्ध जेन जेड युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार