Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीर्घकालीन असर गर्ने काम नगर्न सरकारलाई भीम रावलको आग्रह


    सोमबार, मंसिर १५ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेका छन् ।

    चुनावका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर गर्ने काम नगर्न उनले आग्रह गरेका हुन् ।

    ‘दीर्घकालीन असर गर्ने गरी जलविद्युत् व्यापार सम्झौता भएको छ, अर्थ मन्त्रालयमा ठूलो चलखेल भएको छ,’ उनले भने,’ सरकारलाई सचेत गराउन चाहन्छु । निर्वाचनका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम नगर्नू ।’

    उनले देशको रक्षा गर्ने बेला सेनाको हेलिकप्टर चढेर भागेका केपी शर्मा ओलीले गुण्डुबाट अराजक अभिव्यक्ति दिइरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार