Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • घनश्याम भुसालले पाए नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी


    सोमबार, मंसिर १५ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले आफू बुढो भएको भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिएका हुन् ।

    आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जोशीले घनश्याम भुसाललाई देखाउँदै भने, ‘मैले बुढो भएर काम गर्न नसक्ने भएकाले आफ्नो सम्पूर्ण बोझ, भार उहाँको काँधमा दिएर कार्यवाहकको घोषणा गरेको छु ।’

    यसअघि ११ मंसिरमा घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।

    सो कार्यक्रममा एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ नै राख्ने, पार्टीको चुनाव चिह्न नेकपा संयुक्तकै हँसिया राख्ने र झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गर्ने जानकारी दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार