Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौँ’: उद्योगमन्त्री सिन्हा


    सोमबार, मंसिर १५ २०८२
    610
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् ।

    सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

    उनले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरी काम गरिरहेको जानकारी दिए ।

    उनले वर्तमान सरकारले जेन जेड आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।

    ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ ।

    त्यही दिशामा हामीले कार्यहरू अगाडि बढाएका पनि छौँ । अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिरहेको समेत जानकारी गराउँछु,’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार