Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा नीतिः नुवाकोट जाँदा हेलिकोप्टरको ताँती लाउने, जुलुस निकाल्न पैसाको अभाव देखाउने 


    आइतबार, फाल्गुन ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग पैसा अभावका कारण जुलुस पनि निकाल्न नसक्ने बताएका छन् । फागुन ६ मा  नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कांग्रेससँग जुलुस निकाल्न पैसाको अभाव भएको बताएका थिए । तर शुक्रबार नुवाकोटको कार्यक्रममा सभापति देउवासहितका नेताहरु हेलिकौप्टरमा गएका थिए । सभापति देउवा, प्रकाशमान सिंह, बहादुरसिंह लामा जस्ता नेताहरु सबै हेलिकोप्टर लिएर गएका थिए । शुक्रबार विदुरमा आयोजित कांग्रेस जिल्ला कार्यालय तथा बीपी स्मृति भवन उदघाटन कार्यक्रममा सभापति देउवासहितका नेताहरु हेलिकोप्टरमा पुगेका थिए । हेलिकोप्टर पनि एउटा होइन, तीन वटा ताँती लगाइएको थियो ।

    काठमाडौंबाट नुवाकोट ७१ किलोमिटर मात्र हो । रानीपौवा हुँदै बिदुर जाँदा ३ घन्टामा गाडीमा आरामले पुगिन्छ । टोखा छहरेको बाटो अझै छोटो छ । साढे २ घन्टामै पुगिन्छ । गल्छीबाट जाम नभए २ घन्टामै पुगिने भए पनि कांग्रेस नेताहरुले हेलिकोप्टरको ताँती लगाएका थिए । केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध देश आन्दोलनमा छ । नागरिक समाज आन्दोलित छ ।

    ओलीले संविधान च्यातचुत पारेकाले त्यो पहिला जोगाउनुपर्ने आवाज पार्टीभित्रकै बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, युवानेता गगनकुमार थापाले उठाइरहँदा पनि देउवा भने मौन छन् । उनले असम्बैधानिक रुपमा ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशका आधारमा संवैधानिक आयोगमा गरेको नियुक्तिमा देउवाले भागबण्डा लिएका छन् । त्यसपछि भएका विभिन्न महत्वपूर्ण नियुक्तिमा पनि देउवाले भागशान्ति गर्न पाएकाले पनि उनी ओलीका ंसंविधानबिपरीतका कदममा मौन छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार