काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता सचेत र सङ्गठित नभए देश पुनः गम्भीर सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन् । आइतबार पोखराको प्रदर्शनी केन्द्रमा आयोजित ‘राष्ट्रिय एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले जनता जागरूक नभए र राष्ट्रियताप्रति बलियो प्रतिबद्धता देखाएनन् भने देश फेरि ठूलो सङ्कटमा फस्न सक्ने बताएका हुन् ।
प्रचण्डले वर्तमान समयमा मुलुक गम्भीर राष्ट्रिय सङ्कटको घेरामा रहेको बताउँदै राष्ट्रिय स्वाधीनता र सुरक्षा दिन प्रतिदिन कमजोर बन्दै गएको दाबी गरे । उनले सम्पूर्ण देशभक्त, वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
उनले कांग्रेस र एमालेको लामो समयको “दुई तिहाइ” शासनका बाबजुद जनताले केही प्राप्त गर्न नसकेको टिप्पणी गरे । ‘कांग्रेस-ए मालेको शासनकालमा राष्ट्र झण्डै धरापमा पुग्यो । हामी सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न खोजेका थियौँ, तर हामीलाई सरकारबाटै हटाइयो । भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको पक्षमा लड्न पनि शक्ति दिइएन,’ प्रचण्डले भने ।
उनले पार्टीले अघि सारेको ‘राष्ट्रिय एकता अभियान’ कुनै निर्वाचन जित्ने रणनीति मात्र नभई राष्ट्र रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको बलियो आधार निर्माणका लागि भएको स्पष्ट पारे । ‘चुनाव त हामी जित्छौँ, यो कुरामा कुनै शङ्का छैन । तर राष्ट्र बचाउन जनताको व्यापक राष्ट्रिय एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,’ प्रचण्डले भने ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend