काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको बताएका छन् । उनले यो विषयलाई अतिरञ्जित गर्नु नपर्ने बताउँदै समय र आवश्यकताअनुसार यस्तो परिवर्तन आफैँ हुने उल्लेख गरे ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘महाधिवेशन हुँदा कमिटीमा कोही साथीहरू हट्ने, कोही नयाँ आउने यो त निरन्तर चलिरहने सिलसिला हो । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण–पुस्तान्तरण गर्नुपर्छ भनेर जोडजोडले कराउनुपर्ने विषय नै होइन ।’ उनले भने, ‘यो त स्वाभाविक कुरा हो । हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण पनि हुन्छ र हुनै पर्छ । यो नगर्ने भनेर रोक्न पनि सकिँदैन । त्यसैले आवश्यकता र समयअनुसार यो प्रक्रिया आफैँ अघि बढ्छ ।’
अध्यक्ष ओलीले पार्टी अधिवेशनको मुख्य उद्देश्य पनि यही रहेको स्पष्ट पारे। उनले भने, ‘अधिवेशन भनेको विधान संशोधन, सङ्गठनात्मक पुनर्गठन, नीतिगत निर्णय, समसामयिक राजनीतिक प्रश्नहरूको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्नका लागि गरिन्छ । यी सबै कुरा मिलाउनकै लागि अधिवेशन आवश्यक हुन्छ ।’
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend