Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक


    आइतबार, मंसिर १४ २०८२
    540
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका छन्।

    ललितपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।

    मंसिर २७ गतेदेखि २९ गतेमा काठमाडौँ उपत्यकामा हुने पार्टीको महाधिवेशनका लागि एमालेले शनिबार प्रतिनिधिहरू छनोट गरेको थियो। अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका छन्।

    एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भूगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ।

    एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीन वटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसैगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार