Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा


    आइतबार, मंसिर १४ २०८२
    495
    Shares
    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ।

    सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह(संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

    नेकपाले भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मंसिर २० गते मधेस प्रदेशको जनकपुरमा र मंसिर २३ गते बागमती प्रदेशको हेटौँडामा एकता सन्देश सभा गर्ने तालिका सार्वजनिक गरेको छ ।

    यसअघि पार्टीले शुक्रबार सुदूरपश्चिमका धनगढी र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गरी प्रदेशस्तरीय सन्देश प्रवाह सुरु गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार