Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकार दिपेन्द्र शर्माको युद्ध पत्रकारिता सार्वजनिक


    शुक्रबार, मंसिर १२ २०८२
    555
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

    दाहालले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने, ‘बन्दुक र कलमको समायजोन, लडाइँ र पढाईको फ्युजन, बारुदर र मसिको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।’

    जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताइन् । जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फीरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ ।’

    महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

    लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार