काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अब नेपालको राजनीतिमा स्वच्छताको नेतृत्व गर्ने बताएका छन् ।सुदूरपश्चिमको धनगढीमा शुक्रवार आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले राजनीतिमा इमानदारी र समर्पणको खाँचो रहेको बताए ।
उनले वर्तमान राजनीतिक दलहरूमा अपराधीकरणको गम्भीर समस्या रहेको आरोप लगाए । ‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरणको प्रवृत्ति अत्यधिक बढेको छ,’ नेपालले भने, ‘यी विकृतिहरूको अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने जिम्मेवारी अब नेपाली कम्युनिस्ट पार्टीले लिनेछ ।’
उनले देशमा कुशासन र भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसलाई निर्मूल पार्ने काममा पनि आफ्नो पार्टीले अगुवाइ गर्ने दाबी गरे । ‘राजनीतिमा लाग्नेहरूलाई जबसम्म इमानदारी, देशप्रतिको समर्पण, देश बनाउने हुटहुटी र जनताप्रति चिन्ता हुँदैन, तबसम्म देश बन्दैन,’ उनले थपे, ‘हामीलाई देश र जनताको साँच्चै चिन्ता छ । त्यही चिन्ताबाट प्रेरित भएर हामी अघि बढिरहेका छौँ ।’
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend