Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • आगामी निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने भीम रावलको दाबी


    शुक्रबार, मंसिर १२ २०८२
    695
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा बन्ने दाबी गरेका छन् ।

    धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले नेकपा ताजा जनादेशको लागि तयार रहेको बताएका थिए । उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए।

    उनले जेन जेडको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो । उनले ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको बताएका थिए ।

    ‘नेकपा एमालेलाई बलियो बनाउन १० बुँदे सहमति भएको थियो तर त्यो पनि ओलीले च्याते । पछि फेरी सिद्धान्त विपरीत काँग्रेस विरुद्ध गठबन्धन गरेर पद बाढिचुढि खाए ’ उनले भने , ‘गठबन्धन सरकारबाट हाम्रो र देशको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका खरानी भयो । केपी ओली त्यही खरानी घसेर जनतालाई तर्साउन खोजिरहनु भएको छ । ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार