Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई गगन थापाको कटाक्षः न्यायाधीशले भीड होइन, संविधानको धारा हेरेर फैसला गर्ने हो


    शनिबार, फाल्गुन ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिराटनगरमा सरकारी खर्चमा ओसारिएको झुन्डलाई शनिबार सम्बोधन गर्ने क्रममा अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे सरकारले नै आन्दोलन गर्ने असन्तुलित भाषण गरेका छन् । सरकारको नेतृत्व गरेका ओलीले पदीय मर्यादा नै भुलेर अदालतमा प्रचण्ड–माधव नेपाल पक्षले सेटिङ गरेको आरोप पनि लगाएका छन् । सेटिङ गरेर पुनस्र्थापना भएमा आन्दोलन गर्ने उनले धम्की पनि दिएका छन् ।

    प्रधानमन्त्री ओलीले सभाका मानिस अदालतले देखेको होला नि भन्दै आफ्नो पक्षमा आएका मानिसको सख्ंया हेरेर फैसला गर्न अप्रत्यक्ष धम्कीको भाषा नै प्रयोग गरेका छन् ।

    प्रधानमन्त्री ओलीले मानिसको भीड देखाएर अदालतले त्यही आधारमा फैसला गर्नुपर्ने अभिब्यक्तिप्रति कटाक्ष गर्दै नेपाली कांग्रेसका युवानेता गगन थापाले लेखेका छन्, भीड त कुनैबेला राजा हुँदा ज्ञानेन्द्र शाहले पनि देखाएका थिए । 

    थापा लेख्छन, न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् ।

    प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो । 

    स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त !

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार