Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सभापति देउवाले आज पूर्णबहादुर र दुई महामन्त्रीसँग छलफल गर्दै


    शुक्रबार, मंसिर १२ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलफल गर्ने भएका छन् ।

    चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्। बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय गरिएको छ। सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए।

    बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।

    महाधिवेशन चुनाव चुनावअघि वा पछि गर्नेमा काँग्रेसमा विवाद छ। अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार