Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३ सय बढी अझै बेपत्ता


    शुक्रबार, मंसिर १२ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । हङकङमा बुधबार लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ३०० जना भन्दा बढी बेपत्ता छन् ।

    आगलागीमा परी ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार राति स्थानीय समय अनुसार २ः ५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।

    कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार