काठमाडौं । प्रेस काउन्सिल नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमरा घटनाबारे बोलेको एउटा भिडिओ हटाउन निर्देशन दिएको छ ।
काउन्सिलले केहि फेसबुक पेजहरूलाई पत्र पठाएरै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सिमरा घटनाबारे टिप्पणी गरेको भिडिओ सम्पादन गर्न वा हटाउन भनेको छ ।
ओलीको अभिव्यक्तिबाट सानो अंश काटेर उत्तेजना फैलाउन खोजिएकाले यस्तो निर्णय गरिएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए । ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिएर उत्तेजक अभिव्यक्तिलाई स्थान दिइ फेसबुकबाट सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट पाइएको प्रेस काउन्सिलको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘सामाजिक सञ्जाल ९फेसबुक पेजररिल० बाट सम्प्रेषित आचारसंहिता प्रतिकुलका उक्त उत्तैजक एवं हिंसालाई बढावा दिने किसिमको सामग्री सम्पादन गरी वा स्थगत गरी २४ घन्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिइन्छ । साथै, आगामी दिनमा आचारसंहिता प्रतिकुल हुने यस्ता सामग्रीलाई स्थान नदिनेतर्फ सजगता अपनाउन समेत निर्देशानुसार सचेत गराइन्छ ।’
यद्यपी पत्रमा ओलीको अभिव्यक्तिको कुन अंश सम्पादन गर्ने भन्ने उल्लेख गरिएको छैन ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend