Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मन्त्रिपरिषदको स्वीकृतसँगै अघि बढ्यो प्रहरीको ओ एन्ड एमको गृहकार्य


    बिहिबार, मंसिर ११ २०८२
    740
    Shares
    ??????????????? ???? ????????, ? ????? ????????????? ??? ??????????????? ????????, ??????????? ??????? ???? ??????????????? ???? ? ?????? ??????? ??????????????? ???????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

    सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ ।

    मन्त्रिपरिषद्ले स्वीकृत दिएसँगै ओ एन्ड एमको काम सुरु गरिएको नेपाल प्रहरीका केन्द्री कार्यालयले जनाएको छ ।

    अब प्रहरीका दरबन्दीहरू मिलान गर्नेदेखि, आवश्यक नरहेको एकातर्फको दरबन्दी कटौती गरेर अर्कोतर्फ लैजानेसम्मको काम हुने बताइएको छ । अस्थायी रहेका केही कार्यालयको दरबन्दी स्थायी गर्नेलगायतका कामहरू हुने बताइएको छ ।

    यसअघि सशस्त्र प्रहरीमा पनि यसैगरी दरबन्दी मिलान गरिएको थियो । तल्लो दर्जाका दरबन्दी कटौती गरेर तीन डिआइजीको दरबन्दी थप गरेर मिलान गरिएको थियो । अस्थायी कार्यालयहरूलाई पनि स्थायी गरिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार