Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


    बिहिबार, मंसिर ११ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

    बैठकले जेनजी आन्दोलनपछिको समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी रणनीति तय गर्नेछ ।

    त्यस्तै बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव हुने अवस्था आएका चुनावी तयारी कसरी गर्नेलगायत विषयमा छलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार