बिराटनगर । केपी ओलीले संविधान च्यातचुत पारी प्रतिनिधिसभा बिघटन गरेपछि अब प्रदेशसभा पनि बिघटन गर्न अग्रसर भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिएपछि ओलीको संविधान च्यात्ने शृंखला नरोकिएको पुष्टी भएको छ । नेकपा प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको महिना दिनसम्म पनि त्यसबारेमा निर्णय नगरी सभामुख प्रदीप भण्डारीले ओलीलाई सहयोग गरिरहेका छन् । १ नम्बर र बागमती प्रदेशमा अविश्वास प्रस्ताव ल्याएको महिना दिन बितिसक्दा पनि त्यसलाई टुंगोपमा नपुर्याई संविधानकै खिलाफमा ओली समूह लागेको छ ।
ओलीले संविधानलाई रद्दीको कागज बनाउँदा पनि कांग्रेस चुप छ, मौन बसेको छ । प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा अनिर्णयको बन्दी बनाई संविधानको चीरहरण गर्दा पनि कांग्रेस मौन बसेको छ । आफ्नै नेतृत्वमा बनेको संविधान भन्दै जस लिने कांग्रेस त्यसको चीरहरण हुँदा मौन बस्नुले ऊ ओलीको सत्ता प्रलोभनमा परेको सहजै अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हट्नुपरेपछि संसद नै बिघटन गरिदिए, अब ओलीका निकट शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद जाने भएपछि प्रदेशसभा नै बिघटन गर्न उनी तम्सिएका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री राईले त आफूलाई हटाउन खोजिएकाले प्रदेशसभा भंग हुने धम्की दिइसकेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend