Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वकर्माद्वय अबर्जन कम्पनीमा राजीखुसीले आवद्ध भएका हुन् : सुनार


    बिहिबार, मंसिर ४ २०८२
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनुसार बुँदागत प्रतिकिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।

    प्रकाशित प्रसारित सामग्रीमा म सुदिप सुनारलाई ठग भनी उल्लेख भएको रहेछ । उक्त बिषय यथार्थ नभई फरक परेको छ ।

    प्रकाशित सामग्रीमा, जिल्ला प्रहरी कार्यालय, कास्कीमा मेरो विरुदद्धमा निवेदन दिने अमृत विश्वकर्मा र सुमन विश्वकमा भनिने व्यक्तिहरु आफ्नो राजीखुशीका साथ अर्वजना कम्पनीमा आवद्ध भएका र उनीहरुलाई मैले कुनै पनि किसिमको डर, धम्की तथा उनीहरुको शान्ति सुरक्षामा कुनै खलल नपारेको कुरा स्पष्ट जानकारी गराउन चाहन्छु । र, मेरो बिषयमा लेखिएको झुटो समाचार हटाइदिनुहुन अनुरोध गर्दछु । सुदिप सुनार

    अमृत विश्वकर्माले प्रहरीमा दिएको उजुरी नै नेपालफेस डटकममा प्राप्त भएको र त्यही उजुरीका आधारमा समाचार बनाइएको प्रष्ट पार्न चाहन्छौं । सुमन विश्वकर्माको नाम समाचारमा उल्लेख गरिएको छैन । सुदीप सुनारले नेपालफेस डटकमलाई पठाएको खण्डनमा सुमन विश्वकर्माको समेत नाम लिनुभएको छ । तर समाचारमा सुमन विश्वकर्माको नाम नभएको प्रष्ट पार्न चाहन्छौं । –सम्पादक

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार