Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्ने प्रचलन नियन्त्रण हुन जरुरी छ


    बिहिबार, फाल्गुन ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफ सर्वाेच्च अदालतमा पुगेर दिएका छन् ।

    अवहेलना मुद्दाको जवाफमा प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि आफूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको बताएका छन्।

    जवाफमा उनले भनेका छन्, ‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ,’ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा उल्लेख छ, ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैमा आपत्तिजनक छ।’ उनले जवाफमा भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार