Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • मंसिरका लागि १० वाणिज्य बैंकले घटायो ब्याजदर, कुन बैंकको कति ?


    आइतबार, कार्तिक ३० २०८२
    740
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर थप घटाएका छन् । ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।

    कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।

    कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।

    व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत कायम भएको छ । कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

    ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

    त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

    बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर %
    कृषि विकास ४.९५ ४.९५
    एभरेस्ट ५ ५
    नेपाल ५.२५ ५.२५
    लक्ष्मी सनराइज ५ ५
    माछापुच्छ्रे ५ ५
    एनआईसी एसिया ५.७५ ५
    प्रभु ४.९५ ४.९५
    स्टान्डर्ड चार्टड ५ ४.७
    राष्ट्रिय वाणिज्य ५.५ ५.५
    नबिल ४.९५ ४.७५
    ग्लोबल आईएमई ६ ६
    सिद्धार्थ ५.५ ५
    प्राइम कमर्सियल ५ ४.७५
    कुमारी ५.०१ ४.९१
    सानिमा ५.१५ ५
    हिमालयन ६ ५.५
    नेपाल एसबीआई ५ ४.८
    इन्भेस्टमेन्ट मेगा ५ ५
    एनएमबी ५ ५
    सिटिजन्स ५
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार