Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चुनावका लागि दल दर्ताको अन्तिम म्याद आज, पार्टीको संख्या १२६ पुग्यो


    आइतबार, कार्तिक ३० २०८२
    765
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि तोकिएको आज अन्तिम दिन हो । आजबाट दल दर्ताको म्याद सकिँदैछ ।

    निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए, जसमध्ये पाँचले हालसम्म दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलका रूपमा मान्यता पाएका छन् । त्यस्तै १० वाम दलहरू एकीकृत भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी (एकीकृत)’ ले पनि आयोगबाट दर्ता प्रमाणपत्र लिएको छ ।

    रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल पनि आधिकारिक रूपमा दर्ता भइसकेको छ। यसैबीच, निर्वाचन घोषणा भएपछि दुई दल विभाजनबाट नयाँ राजनीतिक शक्ति उदाएका छन् ।

    जनमत पार्टीबाट फुटेर बनेको ‘जनस्वराज पार्टी’ तथा नेपाल जनमुक्ति पार्टीबाट अलगिएर गठन भएको ‘राष्ट्रिय जनमुक्ति पार्टी’ दुवै आयोगमा सूचीकृत भइसकेका छन् ।
    यससँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार