Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटन खारेज हुनुपर्छ, नत्र मुलुकमा अराजकता निम्तिन्छः सतिशकृष्ण खरेल


    बुधबार, फाल्गुन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटनविरू्द्ध सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका छन्।

    एमिकस क्युरीका तर्फबाट बुधबारको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका हुन् ।

    संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा मुलुकमा अराजकता मात्र आउने भन्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन खारेज हुनुपर्ने बताए। ‘माथिकाले सीमा नाघ्यो भने तल भएकाहरुले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ,’ उनले भने, ‘प्रणाली ध्वस्त हुने संघारमा छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए सदर गर्नुस्,’उनले भने।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार