काठमाडौं । सरकार गठन प्रक्रियाको विवादका कारण तनावपूर्ण बनेको मधेस प्रदेशमा सेना परिचालन गरिएको छ।
प्रदेश प्रमुख कार्यालय परिसरमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना परिचालन गरिएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभमाथि असुरक्षा बढेपछि सेना परिचालन गरिएको बताइएको छ।
गत सोमबार नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ ग्रहण गरे पश्चात् तनावपूर्ण बनेको मधेस अझै शान्त बनेको छैन।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्नेमा सरकार गठनको आव्हान नै नगरी संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर ठूलो दलको हैसियतले एमाले मधेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश सभाका विपक्षी दलहरुरूले विरोध जनाएका छन्।
तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सहित ४ मन्त्रीलाई बर्दिबासस्थित पानस कटेजमा शपथ ग्रहण गराएकी थिइन्। हाल प्रदेश प्रमुख कार्यालय वरपर विपक्षी दलका मानिसरू भेला हुन थालेपछि सेना परिचालन गरिएको बताइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend