Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मतदाता नामवली दर्ता गराउनेको चापका कारण आयोगको सिस्टममा समस्या


    शुक्रबार, कार्तिक २८ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।

    बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।

    ‘सेवाग्राहीको धेरै चाप भयो । सिस्टममा ह्याङ भएको छ,’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने। उनका अनुसार अहिले राष्ट्रिय परिचयपत्रको विज्ञ र आयोगको आईटी टिमले बनाउने काम गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार