काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् ।
उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेन जेड आन्दोलनमा घाइते भएका दुई जना र जेन जेड प्रतिनिधिसँग भेट गरेका हुन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन जेडका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
यसअघि आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि कार्कीले गृहमन्त्री अर्यालसँग उनकै कार्यकक्षमा भेटघाट गरेका थिए ।
भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए ।
सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधैँ जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend