Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रचण्डले नेकपा नामको वृद्धाश्रम बनाए, सहकार्य हुँदैन: सुदन किराँती


    बिहिबार, कार्तिक २७ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’सँग आफूहरूको कुनै सहकार्य नहुने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै कुनै सहकार्य नहुने बताए।

    देशको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने, भ्रष्टाचारको अन्त्य गर्न चाहने सबै शक्तिहरूसँग आफूहरूले सहकार्य गरेर अघि बढ्ने बताए।

    उनले भने, ‘नेपालको कानुनमा ७० वर्ष माथिकालाई वुद्धाभत्ता छ, ७० वर्ष वृद्धाहरूको वृद्धाश्रमजस्तो भएको छ त्यो उहाँहरूको पार्टी, आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको हो। त्यो मुद्दालाई नबोकेकाले सहकार्य हुँदैन।’

    उनले इतिहासमा ‘प्रचण्ड’ले गरेका राम्रा कामहरूप्रति सम्मान रहेको बताए। बहुमतको डन्ड च।लाएर पार्टी एकताको नाममा कब्जा गरेपछि आफूहरूले बेग्लै अभियान थाल्न बाध्य भएको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार