Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मतदाता दर्ता अवधि बढाउन र मतदान उमेर घटाउन पौडेलको माग


    बिहिबार, कार्तिक २७ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि कार्तिक मसान्तसम्म थप गर्न निर्वाचन आयोग र सरकारसँग माग गरेका छन् ।

    उनका अनुसार दर्ता केन्द्रमा लामो लाइन र ढिलो प्रक्रिया भएकाले धेरै नागरिक नाम दर्ताबाट वञ्चित हुने अवस्था छ । त्यसैले छिटो र व्यवस्थित सेवा सुनिश्चित गर्न थप जनशक्ति र उपकरण व्यवस्था गर्नुपर्ने उनको आग्रह छ ।

    पौडेलले १६ वर्ष उमेर समूहलाई मतदान गर्ने र उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाउनुपर्ने माग पनि गरेका छन् । उनका अनुसार अधिक नागरिक सहभागितामार्फत मात्र जनताले चाहेको नेतृत्व निर्वाचित हुन सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार