Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नवनियुक्त आईजीपी कार्कीले आज पदभार ग्रहण गर्दै


    बिहिबार, कार्तिक २७ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् ।

    गृह मन्त्रालयमा १०ः ४५ मा एक समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको हो ।

    त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए ।

    ३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि मन्त्रीपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त महानिरीक्षक कार्कीले २०८४ चैत १८ सम्म नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार