Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको बहस आइतबार हुने


    बुधबार, कार्तिक २६ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति वैध छ कि छैन भन्ने प्रारम्भिक दृष्टिकोण आगामी आइतबार दिने भएक

    न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

    यदि अदालतले नियुक्तिलाई प्रारम्भिक रूपमा विवादास्पद देख्यो भने दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न आदेश दिन सक्नेछ। यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पनि ‘सुविधा सन्तुलन’का दृष्टिले मुख्यमन्त्री र मन्त्रिपरिषद् दीर्घकालीन असर पर्ने निर्णय नगर्न निर्देशन दिएको थियो।

    मधेश प्रदेशका ७४ सांसदहरूले मुख्यमन्त्री यादवको कामकाज रोक्न र निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनाललाई निरन्तरता दिन रिट निवेदन दायर गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८९३० अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार