Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • दुई महीनामा थपिए दुई २ लाख ९ हजार बढी मतदाता


    बुधबार, कार्तिक २६ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले असोजयता मतादाता नामावलीमा नाम दर्ता गराउन शुरू गरेपछि दुई लाख बढी मतदाता थपिएका छन्।

    आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, कात्तिक २५ गतेसम्म दुई लाख नौ हजार पाँच सय ५२ मतदाता थपिएका छन्। आयोगले गत असोज १० गतेदेखि मतादाता नामावलीमा नाम दर्ता गराउन शुरू गरेको हो।

    केही दिनयता नाम दर्ता गराउनको चाप बढेपछि आयोगले दुई सिफ्टमा काम गर्न शुरू गरेको छ। नाम दर्ता गराउन ६(६ घण्टाका दरले दैनिक १२ घण्टा काम भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

    त्यस्तै, काठमाडौं उपत्यकाका तीनै जिल्लामा थप कर्मचारी पनि खटाएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना कर्मचारी खटाइएको आयोगले जनाएको छ।

    अन्य जिल्लामा पनि सेवाग्राहीको चाप हेरेर कर्मचारी थपिने भएको छ। थप जनशक्ति खटाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार