Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ऊर्जामन्त्री घिसिङले सुमना र सुदनसँग गरे दल दर्ताबारे छलफल


    मंगलबार, कार्तिक २५ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङले सुमना श्रेष्ठ र जेनजी प्रतिनिधि भनेर चिनिएका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङसँग छलफल गरेका छन्।

    आज मंगलबार बिहान उनले आफ्नै निवासमा उनीहरूसँग छलफल गरेका हुन्। घिसिङकै नेतृत्वमा नयाँ दल गठनको लागि श्रेष्ठ लामो समयदेखि सक्रिय भएकी थिइन्। तर, मन्त्री पदमा रहेकाले घिसिङले तत्काल आफ्नो नेतृत्वमा दल दर्ता नगरी फागुन २१ गतेका लागि तय भएको चुनावकै छेकोमा मात्र दलमा सहभागी हुने बताएका थिए।

    सोही अनुसार उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा दल दर्ताका लागि आयोगमा निवेदन दिन तयारी गरेका थिए। तर, घिसिङको नेतृत्वमा दल दर्ता नहुने हो भने सामूहिक नेतृत्व हुनेगरी दल दर्ता गर्न श्रेष्ठले सुझाव दिएकी थिइन्।

    उनको सुझाव कार्यान्वयन गर्न छलफलमा रहेकाहरू तयार नभएपछि सोमबार विहान उनले घिसिङलाई शुभकामना दिँदै दल दर्तामा सहभागी नहुने बताएकी थिइन्।

    यसपछि घिसिङले श्रेष्ठसँग छलफल गरेको उनी निकट जीतराम वाइवाले जानकारी दिए। सुदनले भने नयाँ दलमा राख्ने आफ्ना ६ जना प्रतिनिधिको नाम दिइसकेका छन्।

    निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय(सीमा तोके छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार