Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दिन रोकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन: सुरु


    मंगलबार, कार्तिक २५ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको छ ।

    कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिन रोकिएको यो बैठक आज मङ्गलवार बसेको हो ।

    गत शनिवार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

    बैठकमा १५औँ महाधिवेशन नियमित समयमा गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा पनि छलफल र बहस चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार