Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ओली सुध्रिंदैनन्, एमालेले नेतृत्त्व परिवर्तन नगरे दुर्घटना अवश्यम्भावी छः मुमाराम खनाल


    मंगलबार, कार्तिक २५ २०८२
    615
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले एमाले अध्यक्ष केपी ओलीले आफ्नो दल, लोकतन्त्र र लोकतान्त्रिक संस्थालाई कुन रसातलसम्म पुर्याए भन्ने कुराको पछिल्लो उदाहरण मधेश प्रदेश भएको बताएका छन् ।

    उनले ओली कहिल्यै नसुध्रिने व्यक्तिवादी, तानाशाही र सन्काहा व्यक्ति भएको बताएका छन् । खनालले चाँडोभन्दा चाँडो एमालेजनलाई ओलीको नेतृत्व परिवर्तन गर्न अन्यथा उक्त पार्टीको दुखद् दुर्घटना अवश्यम्भावी भएको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–‘केपी ओलीले आफ्नो दल, लोकतन्त्र र लोकतान्त्रिक संस्थालाई कुन रसातलसम्म पुर्याए भन्ने कुराको पछिल्लो उदाहरण मधेश प्रदेश भएको छ ।

    बिहान झिसमिसेमै ‘बियर–बार’ मा लगेर मुख्यमन्त्रीको सपथ गराउने मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी ओलीकै निर्देशन अनुसार यस्तो लज्जास्पद काम गरेकी थिइन् । यस्तै अक्षम व्यक्तिलाई ओलीले यसभन्दा अघि नै राजदुतमा समेत सिफारिस गरेका थिए ।

    एउटा असल, कुशल र दक्ष नेताले मुलुक र मुलुकका संस्थाहरूलाई विकसित मुलुकको दाँजोमा पुर्याउँछ भने एउटा खराब, नालायक र मूर्ख नेताले पूरै मुलुकलाई आफैजस्तो निकम्मा र रसातलमा पुर्याउँछ । केपी ओली कहिल्यै नसुध्रिने व्यक्तिवादी, तानाशाही र सन्काहा व्यक्ति हुन् । चाँडोभन्दा चाँडो एमालेले नेतृत्व परिवर्तन गरोस्, अन्यथा उक्त पार्टीको दुखद् दुर्घटना अवश्यम्भावी छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार