नेपालगञ्ज । बाँकेमा दरबन्दी अन्यत्र भएका र काजमा कार्यरत प्रहरीलाई मातहतका थाना चौकीमा इन्चार्जको जिम्मेवारी दिइएको छ ।
दुई दिनपछि नेपाल प्रहरी महानिरीक्षकको पदभार सम्हाल्न लागेका दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रमुख(डीआईजी) हुँदा काजमा कार्यरत प्रहरीलाई इन्चार्ज नदिने नीति कार्यान्वयन गर्दै दरबन्दीमा फिर्ता गरेका थिए । तर कार्की एआईजीमा बढुवा भएपछि कार्की लुम्बिनीबाट काठमाडौं फर्किनासाथ काजमा कार्यरत प्रहरीलाई इन्चार्ज बनाइएको छ ।
काजमा कार्यरत असई सुनिल शाहलाई बाँकेको नगर भवन प्रहरी चौकीको इन्चार्जको जिम्मा दिइएको छ । बरिष्ठ सई भोजराज केसी साईगाउँ नाकाका इन्चार्ज छन् । सई बिष्णु शाहीलाई नेपालगञ्ज बसपार्कको इन्चार्जका रुपमा कार्यरत रहेका छन् ।
नगर भवन चौकी असईका लागि आकर्षक मानिन्छ । साईगाउँ नाका रहेको चौकी हो । बसपार्क त झन् ठूलो र राम्रो ठाउँका रुपमा लिने गरिएको छ । यी तीनै जना जुनियर अधिकृतको बाँकेभन्दा बाहिर भए पनि यिनलाई इन्चार्ज दिइएको छ ।
आईजीपी नियुक्ति भइसकेका दानबहादुर कार्कीले काजमा कार्यरतलाई इन्चार्ज नदिने नीति कार्यान्वयन मात्र गरेका थिएनन्, दरबन्दी फिर्ता अभियान चलाएका थिए ।
त्यसैअन्तर्गत हाल बसपार्कमा रहेका बरिष्ठ सई बिष्णु शाहीलाई उनको दरबन्दी रहेको बर्दिया पठाएका थिए । जब उनी एआईजीमा बढुवा भएर काठमाडौं आए, आइसकेपछि प्रहरीभित्र रातो क्याप भनेर चिनिने राजेश सुधाकर नामका बिचौलियामार्फत् फेरि बाँकेमा काजमा आए ।
बाँकेमा काजसरुवा हुनासाथ तत्कालीन एसपी रामप्रसाद घर्तीले सुधाकरमार्फत् मिलाएर उनलाई बसपार्कको इन्चार्जमा खटाएका हुन् । यी तीन थाना चौकीमात्र होइन, बाँके जिल्लामातहतका अन्य नाकाहरुमा पनि काजमा कार्यरतहरुलाई नै खटाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख हाल एसपी अंगुर जीसी छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend