Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्’


    मंगलबार, फाल्गुन ४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो ।

    निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उहाँले गर्नुभयो । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो । “बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।

    अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो,“प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।” पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उहाँले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गर्नुभयो । आफ्नै निर्वाचन क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार