काठमाडौं । सोमबार बिहान मुख्यमन्त्री सरोज यादवलाई होटलमा सपथ गराउने प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीलाई सरकारले बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुख भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषदले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति गर्ने ब्यवस्था छ । दलहरुको बिरोध हुँदाहुँदै मधेश प्रदेशको सबैभन्दा ठूलो दलका संसदीय दलका नेता यादवलाई सपथ गराएपछि सोमबार बिहान जनकपुरमा बिरोध प्रदर्शन भएको थियो । सांसदहरुले प्रदेश प्रमुखदेखि मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नेदेखि राष्ट्रिय झन्डा फाल्नेसम्म गरेका थिए ।
यसअघि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए । तत्कालीन माओवादी केन्द्रका सांसदद्वय रहबर अन्सारी र माला कर्णले विश्वासको मत नदिने घोषणा गरेपछि सोनलको सरकारले बहुमत पुरयाउन नसकेपछि राजीनामा दिएको थियो ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend