विद्यानन्द लेखी
सप्तरी । अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनामाको काण्ड कसरी गराइएको थियो भन्ने भित्री रहस्य खुलासा भएको छ ।
२०८२ साल असोज ५ गते गाउँपालिकाको परिषद् बैठक गाउँ कार्यपालिकाको कार्यालयमा भइरहेको थियो । उक्त समयमा अध्यक्षले हस्ताक्षर गर्नुपर्ने कागजातहरु वडा नम्बर ४ का अध्यक्ष तेजनारायण (महेश) यादवले परिषदको बैठकमा अन्य कागजातको बीचमा राजीनामा पत्र कम्प्युटर टाइप गरी हस्ताक्षर गर्ने लाइनमा राखिदिएका थिए ।
घरमा नातेदार आएका कारण मदिरा सेवन गरेका अध्यक्ष चौधरीले अकस्मात कार्यपालिकाको बैठकमा आएका थिए । उनी हाफपेन्टसँगै आएका थिए । उनले कार्यपालिकामा आएर वडाध्यक्षहरुको विश्वासमा बिभिन्न प्रकारका कागजातमा हस्ताक्षर गर्ने क्रममा कुनै प्रसंग नै नजोडिएको अध्यक्षबाट राजीनामा दिएको भन्ने पत्र राखिएको र नहेरी हस्ताक्षर गरिदिएको स्रोतले बतायो ।
यो घटना चौधरीले सामाजिक सञ्जाल फेसबुकमा वडा नम्बर चारका वडाध्यक्ष यादवले राखेपछि मात्रै अध्यक्ष चौधरीले थाहा पाए । राजिनामा पत्र स्वीकृत गर्नुभन्दा अगाडि केही दिन वडा नम्बर ३ का अध्यक्ष गोपाल चौधरीकहाँ यो हस्ताक्षरित राजीनामाको कागजात सुरक्षित राखियो ।
गोपाल चौधरी नेपाली कांग्रेसका तर्फबाट वडामा विजयी भएका प्रतिनिधि हुन् भने दिनानाथ नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । दिनानाथ चौधरीले बताए अनुसार गोपाल चौधरीकहाँ भेट्न जाँदा त्यो पत्र मैले अर्का वडाध्यक्ष तेजनारायण यादवलाई दिइसकेको बताएका थिए । त्यसपछि अध्यक्ष चौधरीलाई तेजनारायणले उपाध्यक्ष कल्पना चौधरीलाई दिएको भनि टारिदिए ।
कल्पना नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई विजयी बनेकी उपाध्यक्ष हुन् । हस्ताक्षर गर्ने समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृतमा योगेन्द्र यादवले काम चलाएका थिए । उनी पनि वडाध्यक्ष महेश यादवका नजिकका नातेदार हुन् । हाल पनि यादव प्रशासकीय फाँटका प्रमुखमा कार्यरत छन् । त्यसको भोलिपल्ट ६ गते नै वरिष्ठताका आधारमा त्यहाँका कर्मचारीहरुले सञ्जय साहलाई निमित्त दिनुपर्छ भनेपछि अध्यक्ष दिनानाथ चौधरीले नै स्वीकृति दिए । सञ्जय साहसँग सम्पर्क गर्दा अध्यक्ष चौधरीले राजीनामा दिएको आफूलाई थाह नभएको बताएका छन् । यसरी झुक्याएर राजीनामा पत्रमा हस्ताक्षर गराए पनि उपाध्यक्ष चौधरीले कुनै सनाखत गराइनन् ।
गाउँपालिकाका सबै कागजातहरु आइटी शाखाबाटै टाइप गरी पठाइने हुँदा आइटी शाखाका प्रमुख सञ्जय लेखीले अन्य कागजात म आफैं टाइप गरेको हुँ तर, राजीनामा पत्र टाइप गरेको छैन भनी बताएका छन् ।
अग्नीसाइर कृष्णसवरन वडा नम्बर ६ का अध्यक्ष अशोककुमार आचार्यको घर जाने बाटोको झण्डै सात कट्ठा प्रतिजग्गा बिना प्रमाण तत्कालीन वडा अध्यक्ष श्रीप्रसाद यादवले आफ्नो सात दलीय संयन्त्रबाट दिएको भन्दै उक्त जग्गा तेजनारायणलाई बेचेको भनी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उजुरी परेपछि आयोगबाट बारम्बार ताकेता भएपनि वडाध्यक्ष अशोक कुमार आचार्यले गुपचुपमा राखेका छन् । उनी पनि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । २०६२÷०६३ सालपछि बनेको सातदलीय संयन्त्रमा दलित जनजाती पार्टीबाट प्रतिनिधित्व गरेका सदस्य जुगल परियारले हामीलाई मुरारीमोहनको होटलमा लगेर मासु भात खुवाई केही सहयोग पनि गरेका कारण श्रीप्रसाद यादवलाई जग्गा दिन सहमत भएको बताएका छन् ।
त्यस्तै प्रकृतिको जग्गा काठमाडौंका महानगरप्रमुख बालेन्द्र साहले महानगरको मातहतमा ल्याएका छन् तर, त्यहाँका वडाध्यक्ष र उपाध्यक्ष कल्पना चौधरीले न्यायिक समितिको संयोजक भए पनि त्यस प्रकारको कागजात वास्तै नगरी स्थानीय सरकारको मातहतमा ल्याउन रोकिदिएकी छन् । उक्त जग्गा चलनचल्तीका मूल्यमा झण्डै सात करोड पर्ने स्थानीयहरुले बताउँछन् ।
नेपालको संविधान २०७२ ले सरकारी र पर्ति जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई नै दिएको छ । तर, यो गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधि आफ्नै हात जगन्नाथ गरी मिलाउँदै खाने गरेको देखिन्छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष चौधरीलाई फसाउन वडाध्यक्षहरु ४ का तेजनारायण यादव, ६ का अशोक आचार्य, ३ का गोपाल चौधरी र उपाध्यक्ष कल्पना चौधरीको मिलेमतोमा वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंगलाई प्रलोभनमा पारी खुट्टा मालिस गर्न लगाएर बदनाम गर्ने उद्देश्यले भिडिओ खिचेका थिए ।
हाल यो पालिकामा धिरेन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृत हुँदा आफ्नै श्रीमतीलाई श्री ठाकुरजी माध्यमिक विद्यालयमा नियुक्ति दिएका थिए । त्यसपछि उनले शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकालेपछि पहाडी जिल्लामा नियुक्ति लिएकी थिइन् । तर, पहाडी जिल्लाबाट अवधि नपुग्दै यादवले भनसुन गरी श्रीमती अनिता यादवलाई पहाडी जिल्लाबाट पुरानै ठाकुरजी माध्यमिक विद्यालयमा सरुवा गरी ल्याएको केही दिनमै श्री हिरावती आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको विरोध हुँदाहुँदै आफ्नो र वडाध्यक्षहरुलाई प्रलोभन देखाएर जवर्जस्ती हिरावती आधारभूूत विद्यालयमा नियुक्ति दिलाएका थिए ।
यसका लागि यादवले तत्कालीन प्रधानाध्यापक भोला साहलाई बिभिन्न लाञ्छना लगाएर प्रधानाध्यापकबाट हटाएका हुन् । त्यसपछि उनले आफ्नै श्रीमतीलाई प्रधानाध्यापकमा नियुक्ति दिएका थिए । त्यसपछि यिनको कार्यकालमा अत्याधिक अनियमितता भएको जनगुनासोहरु आएका छन् ।
पुरानै सेटिङ मिलाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादव यो पालिकामा प्रमुख प्रशासकीय भएर तेस्रो पटक आएका छन् । उनलाई यही पालिकाको प्रशासकीय प्रमुख बन्नुपर्ने कारण चाहिँ बुझ्न सकिएको छैन । यादवले अकूत सम्पत्ति जोडेको भन्ने स्थानीयले ब्यापक गुनासो गरे पनि नियामक निकायलाई प्रभावमा पार्दै आएका छन् । उनले आफन्तका नाममा काठमाडौंमा समेत घर घडेरी जोडेको एक कर्मचारीले खुलासा गरेका छन् ।
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend