काठमाडौं । सात वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनीहरुले संघर्ष गर्ने अन्तिम चेतावनीसमेत दिएका छन् ।
एकतापछि बनेको ‘जेनजी एकता अभियान नेपाल’की संयोजक सुप्रिया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा सम्लग्न भएको नाममा जेनजीहरुलाई छानीछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।संयोजक नेपालीले आफूहरुको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजिनामासमेत मागेकी छन् ।
पूर्व प्रहरी माहानिरीक्षक सर्बेन्द्र खनालले जेनजीको बलबाटै बनेको सरकारले उनीहरुलाई नै आतंकित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे । खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरुलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने–‘अहिलेको सरकार र ओली सरकारबीच कुनै फरक भएन, यसले गोली हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।’
जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले वर्तमान सरकारले विभिन्नि समूहमा विभक्त जेन्जीहरुलाई एकता गरेर आफूहरुले सरकारलाई खबरदारी गर्ने जानकारी गराए । प्रवक्ता विश्वकर्माले एकता भएका जेनजी परिषद, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड, र अछाम जेन्जी गु्रप गरेर ७ वटा समूहबीच एकता भएको जानकारी दिए ।
सल्लाहकार मेघराज खत्रीले देशको विषम परिस्थितिलाई मध्यनजर गरेर सबै जेनजी एक ठाउँमा आउने अभियान चालएकोप्रति खुसी व्यक्त गरे । वर्तमान सरकारमा पनि विगतमा जस्तै देशीविदेशी शक्तिले खेल्न थालेकोप्रति चनाखो हुनसमेत जेन्जीलाई सुझाव दिए ।
जेनजी कुन्दन कुशवाहले पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरुमाथि नै डण्डा बर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे ।
मिनबहादुर खड्काले विभिन्न समूहमा विभक्त भएका जेनजीहरु एक ठाउँमा आएर कुशासन र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने धारणा राखे । खड्काले वर्तमान अन्तरिम सरकारले आफूहरुका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजीनामा मागे ।
राप्रपानिकट जेनजी रविकिरण हमालले वर्तमान सरकारले जेनजीका मर्म र भावना अनुसार काम नगरेको भन्दै कार्कीले राजीनामा दिनुपर्ने बताए ।
सल्लाहकार राजन घिमिरे, बीबी पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मी ओली, सुशीला खत्री र माधव ठकुरीले सबै जेनजी एकमत हुँदै संघर्षमा उत्रन सुझाव दिए ।
एकता कार्यक्रममा प्रकाश रावल, सुशील भणडरी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोसी, सुरेन्द्र घर्ती, सुशील सिंह, जीवन सोडारी र विनोद सोडारीले सबै जेनजीहरु एकतामा आएर माग पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend