Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेबाट विद्रोह गर्नु ठूलो भूल भयो: किसान श्रेष्ठ


    सोमबार, कार्तिक २४ २०८२
    540
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ ९किसान०ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।

    सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौँ । यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’

    ‘हामी फेरि जनताको भरोसा जित्नेछौं । हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौँ । आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काइ केवल राजनीतिक निर्णय होइन । यो जनताको बीच फर्कने यात्राको सुरुवात हो,’ उनले भने ।

    आज केही सयको सङ्ख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएकाहरू पुनस् एमालेमा फर्कने दाबी गरे । ‘म विश्वास दिलाउन चाहन्छु यो अभियानको सुरुवातबाट देशभरी किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यो अभियानमा जोडिनु हुनेछ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार