काठमाडौँ। सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा मधेस प्रदेशका सात राजनीतिक दल अदालत जाने भएको छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी बैठक बसेर यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा अदालत जाने निर्णय गरेका हुन्।
संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने र तदनुरूप समर्थनसमेत जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले दलको नेतालाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएको भन्दै सात दल आन्दोलित भएका हुन्। सात दलले सोमबार मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका थिए। उनीहरूले मुख्यमन्त्रीको कार्यकक्षमा ताल्चा लगाएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अघिल्लो दिनको मिति राखेर सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले बर्दिबासको होटलमै मुख्यमन्त्रीलाई शपथ गराएकी थिइन्।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend