Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने, छैटौँ वरीयतामा रहने


    सोमबार, कार्तिक २४ २०८२
    780
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्।

    नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए।

    नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो।

    सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए।

    उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेका थिए।

    ती नेताका अनुसार रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैटौँ वरीयता दिन नेताहरू सकारात्मक छन्। नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि रावललाई वरीयता दिन लागिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार