Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशमा आगजनी र तोडफोड : कांग्रेस सांसद वीरेन्द्र सिंहले राष्ट्रिय झण्डा नै फाले


    सोमबार, कार्तिक २४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहानै एक होटलमा मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवलाई नियुक्ति गरी सपथ गराएपछि मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।

    मधेसका सात दलका नेता र कार्यकर्ताले प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड गर्नुका साथै नवनियुक्त मुख्यमन्त्री यादव र प्रदेश प्रमुख सुमित्रा भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    बिरोध प्रदर्शनका क्रममा नेपाली कांग्रेससहितका पार्टीका सांसदहरुले राष्ट्रिय झण्डा निकालेर फाल्ने हर्कत पनि देखाएका छन् । कांग्रेसका सांसद वीरेन्द्र सिंहले नेपालको राष्ट्रिय झण्डा नै निकालेर फालेका छन् । र, कतिपय सांसदले गमला फुटाउने र तोडफोडसमेत गरेको भिडियो भाइरल छ । सांसद सिंह कांग्रेस सांसद गगनकुमार थापाका निकट मानिन्छन् ।

    नवनियुक्त मुख्यमन्त्री यादव कार्यालय जाने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएर नाराबाजी गरेका हुन् ।

    त्यस्तै उनीहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय लगायत अन्यमा पनि तालाबान्दी गरेका छन । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान सबेरै महोत्तरीको बर्दिबासमा सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौंतर्फ हिँडेकी उनले बर्दिवासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्रीको शथप ग्रहण गराएकी थिइन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा (२०) को विकल्प हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार