Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त


    सोमबार, कार्तिक २४ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

    मुख्यमन्त्री सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार