Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेका छन् : गगन थापा


    सोमबार, फाल्गुन ३ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताए ।

    ‘प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,’ थापाले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्झाउनुपर्ने बेला भएको छ– प्रधानमन्त्रीले के भन्नुहुन्छ भनेर सुन्न जनता आएका होइनन्, केबल हास्य कलाकारलाई सुन्न आएका हुन् । तपाईंलाई जनताले हास्य कलाकारका रूपमा सुन्न चाहेका छन् ।’

    उनले थपे– ‘प्रधानमन्त्रीज्यूलाई सामाजिक सञ्जाल खुब मन पर्छ । उहाँ टिकटकमा पनि हुनुहुन्छ । मलाई टिकटकको एउटा यस्तो भिडियो देखाउनुस्, जसलाई प्रधानमन्त्रीले विकास निर्माणबारे बोलेको कुरामा बनाइएको होस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार