काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको विजयी लक्ष्य दिएको छ।
दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो। नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे।
ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेट किपरको हातमा क्याच हुँदा नेपालका लागि भीम सार्की र आसिफ शेखले निकै सम्हालिएर खेलेका थिए। यी दुई ब्याटरले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। १७.४ ओभरमा आसिफ शेख ३४ रन बनाउँदै रन आउट भए। यसपछि भने नेपालले ब्याटिङको मोमेन्टम खलबलिएको थियो।
चौथो क्रममा आएका कप्तान रोहित पौडेल २ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि पाँचौँ विकेटको लागि दीपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग ४९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाउँदै रनआउट भए।
आरिफ शेखले ३० रन बनाए। कुशल मल्लले आवश्यक परेको बेला टिमलाई एक इन्डबाट सम्हाल्दै ४५ रन बनाए। उनले नवौं विकेटको लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गर्दै ४९।५ ओभरमा बोल्ड भए। अन्तिम विकेटको रूपमा क्रिजमा आएका ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे। उनीसँगै सन्दीप लामिछाने १५ रनमा अविजित रहे।
यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए।
नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा यूएईसाग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend