काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको विजयी लक्ष्य दिएको छ।
दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो। नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे।
ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेट किपरको हातमा क्याच हुँदा नेपालका लागि भीम सार्की र आसिफ शेखले निकै सम्हालिएर खेलेका थिए। यी दुई ब्याटरले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। १७.४ ओभरमा आसिफ शेख ३४ रन बनाउँदै रन आउट भए। यसपछि भने नेपालले ब्याटिङको मोमेन्टम खलबलिएको थियो।
चौथो क्रममा आएका कप्तान रोहित पौडेल २ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि पाँचौँ विकेटको लागि दीपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग ४९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाउँदै रनआउट भए।
आरिफ शेखले ३० रन बनाए। कुशल मल्लले आवश्यक परेको बेला टिमलाई एक इन्डबाट सम्हाल्दै ४५ रन बनाए। उनले नवौं विकेटको लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गर्दै ४९।५ ओभरमा बोल्ड भए। अन्तिम विकेटको रूपमा क्रिजमा आएका ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे। उनीसँगै सन्दीप लामिछाने १५ रनमा अविजित रहे।
यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए।
नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा यूएईसाग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend