Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा


    मंगलबार, कार्तिक १८ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुने गरी ती कार्यकारीहरूको सरुवा गरेका हुन्।

    विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा किरण पण्डितलाई जिम्मेवारी दिइएको छ, जो यसअघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।

    बैंक तथा वित्तीय संस्था नियमन विभागका गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ भने मुद्रा व्यवस्थापन विभागमा कार्यरत रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ।

    त्यस्तै, विश्रुता थापालाई मानव संसाधन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ। मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा तानिएको छ।

    यस्तै, सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभाग, रोशनकुमार सिग्देललाई बैंकिङ विभाग, अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग र राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार