काठमाडौँ। प्रहरीले सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
सुरुंगा नगरपालिका–२ भेडियास्थित गाईघाट–कदमाहा सडकखण्डमा आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीले जानकारी दिए।
प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट २३ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरज प्रसाई छन्।
उनीहरूको साथबाट २३ लाख नगदसहित विभिन्न सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका एक हजार ३९९ थान र पाँच सय दरका एक हजार ८०२ थान नोट छन्।
त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान बरामद भएको पनि प्रहरीले जनाएको छ।
उनीहरुलाई बैँक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend